नियम ३२
पटके बाटो इजाजतपत्र
(१) ऐनको दफा ८१ बमोजिम पटके बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा कार्यालयले जाँचवुझ गरी ऐनको दफा ८१ बमोजिमको अवधिका लागि अनुसूची–३५ बमोजिमको ढाँचामा पटके बाटो इजाजतपत्र दिनु पर्नेछ ।